नारायणी नदीको बहाव चेतावनीस्तर नाघ्यो

नारायणी नदीको बहाव चेतावनीस्तर नाघ्यो


नारायणगढ – निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको बहावले चेतावनीस्तर नाघेको छ ।

नारायणी नदीस्थित देवघाटमा जल सतहको बहाब ८.९ मिटर पुगेको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्म चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

पानीको बहाव र सतह बढ्दै गएकाले नारायणी खतराको तहसम्म पुग्ने अनुमान गरिएको छ ।