संविधानको धारा ७६(२) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय

संविधानको धारा ७६(२) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय


काठमाण्डु – नेपाली कांग्रेसले नेपालको संविधानको धारा ७६(२) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व ओलीले गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं । त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ । अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ,’ उनले भने ।

उनले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेको जानकारी दिए ।