२८ गतेसम्म परिस्थितिमा फेरबदल आउँछ !

२८ गतेसम्म परिस्थितिमा फेरबदल आउँछ !


काठमाण्डु- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने सम्भावना रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका हुन्।

‘मलाई विश्वास छ २८ गतेसम्म परिस्थिति फेरबदल आउँछ, र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ। भलै त्यो हुन सकेन भनेपनि माओवादी केन्द्रको तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ उनले भने ।

त्यस्तै माओवादी सांसद तथा अर्थमन्त्री वर्षमान पुनले कसैले दबाब दिँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने प्रष्ट्याएका छन् । उनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदको सामना गर्ने बताए ।

उनले एमाले कांग्रेसले संविधान संशोधन गरी मुलुकलाई प्रश्चगमनतिर लैजाने योजना बनाएको आरोप पनि लगए । उनले अग्रमनतिर जाने भएमा माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको अर्थमन्त्री पुनको भनाइ छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी संविधान संशोधन गर्ने भए समर्थन गर्न सकिने समेत उनले बताए ।