जोगबुढा-बुडर सडक : वर्षायाममा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

जोगबुढा-बुडर सडक : वर्षायाममा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वर्षायाम लागेसँगै डडेल्धुराको जोगबुढा-बुडर सडकखण्डको यात्रा सधैँ जोखिमपूर्ण हुने गर्दछ । यसवर्ष पनि मनसुन भित्रिएसँगै जोगबुढा-बुडर सडकखण्डमा जोखिम मोलेरै भएपनि यात्रुहरुले यात्रा गरिरहेका छन् ।

शुक्रबारदेखि लागेकाे निरन्तर वर्षाको कारणले आलिताल गाउँपालिका-८ अन्तर्गत यस सडकखण्डमा पर्ने सुनखोलामा लगातार पहिरो गइरहेको छ ।  आज पनि बिहानैदेखि सुनखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण सुनखोलामा ढुङ्गा र माटोसहितको लेदो खस्ने क्रम अझै रोकिएकाे छैन। जसले गर्दा यात्रुहरु अलपत्र पर्ने गरेका छन् ।  सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोबाटै घर फर्कने अवस्था आएको छ । यो सडकखण्ड अन्तर्गत पर्ने सुनखोलामा हरेक वर्षको वर्षायाममा पहिरो जाने गर्छ ।

त्यसकारण वर्षा याम लागेसँगै यात्रुहरुमा त्रास बढ्ने गर्दछ । वर्षायाममा यस सडकखण्डमा पहिरो र खहरे खोलाले गर्दा भित्री मधेसका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाका वडा नम्बर १ र २ का केही गाउँका स्थानीयहरु मारमा पर्दछन् ।

तर, हरेक वर्ष सुनखोलामा पहिरो गएर यात्रुहरुले सास्ती खेपिरहे पनि प्रदेश सरकारले यस विषयमा चोसो देखाएको छैन । बुडर जोगबुढा सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दासमेत सडकको अवस्था उस्तै छ ।