परशुराम नगरपालिकामा पहिरोमा परि एक जनाको मृत्यु

परशुराम नगरपालिकामा पहिरोमा परि एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो।

शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए ।

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो। मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको छ। परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्, जोगबुढा-बुडर सडक : वर्षायाममा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता