पहिरोले गर्दा दैजी-जोगबुढा सडकखण्डमा यातायात सेवा ठप्प, यात्रुहरु मारमा

पहिरोले गर्दा दैजी-जोगबुढा सडकखण्डमा यातायात सेवा ठप्प, यात्रुहरु मारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा जोड्ने सडकखण्डमा यातायात सेवा ठप्प भएको छ । निरन्तर वर्षाका कारण दैजी-जोगबुढा सडकखण्डको ठाउँ ठाउँमा पहिराे गएपछि यातायताका साधन ठप्प भएका हुन् ।

कतिपय ठाउमा खहरे खोलाले गर्दा सडक भासिएको छ, भने कतिपय ठाउमा पहिरो खसेको छ । यतायात सेवा ठप्प भएपछि यात्रुहरु मारमा परेका छन् । यो सडकखण्डमा अब वर्षायाम पछि मात्रै सवारीसधान सुचारु हुनेछन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्लामा आवागमनका लागि दैजी-जोगबुढा सडक अत्तरिया डडेल्धुरा सडक खण्डभन्दा कम पर्छ । तर, वर्षायाम लागेदेखि यो सडकखण्डमा यातायात सेवा ठप्प भएपछि यात्रुहरुले सास्ती खेप्नु परेको हो ।

महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुराको दूरी एक सय ६५ किलोमिटर पर्छ भने महेन्द्रनगरदेखि दैजी जोगबुढा हुँदै डडेल्धुरा पुग्न ६५ किलोमिटर दूरी कम हुन्छ । पहाडी जिल्लाको छोटो दूरीका हिसाबले दशकौँअघि निर्माणको सुरसार गरिएको दैजी जोगबुढा सडक खण्डको गती अझै बढ्न सकेको छैन । दैजीदेखि जोगबुढा सडकखण्डमा यायता सेवा ठप्प भएपछि सुदूरपश्चिमका सात वटै जिल्लाका यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

‘कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्न यो सडक अविलम्ब निर्माण हुन्छ ।’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०४८ को पहिलो आमनिर्वाचनमा भनेका थिए । २०४८ यता देउवाले निरन्तर चुनाव जित्दैँ आएका छन् ।

त्यसपछिका हरेक निर्वाचनमा यो सडक प्रधानमन्त्री देउवा र अन्य दलका नेताहरूको चुनावी मुद्दा बन्यो । तर, देउवाले ०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बनिसक्दा पनि यो सडक बन्न सकेको छैन ।