उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने, प्रत्यक्ष निर्वाचन हुने

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने, प्रत्यक्ष निर्वाचन हुने


काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने भएको छ ।

महासंघको कार्यसमितिको सोमबार बसेको बैठकले प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्ने गरी सर्वसम्मत विधान संशोधन गरेको छ ।

बैठकले सर्वसम्मत विधान संशोधन गरेको र अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नयाँ प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुनेछ ।

संशोधित विधानमा २ जना वरिष्ठ उपाध्यक्ष र २ जना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधानलाई आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारण सभाले पारित गर्ने जनाइएको छ ।