नेप्से परिसूचक १५.७९ अंकले बढ्यो

नेप्से परिसूचक १५.७९ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार १५.७९ अंकले बढ्दै २ हजार १५२.१४ विन्दुमा पुगेको छ ।

सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेको थियो । मंगलबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा पुगेको छ ।

मंगलबार बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशतले बढेको छ । माइक्रो फाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा फाइनान्स, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

१६८ कम्पनीको शेयर मूल्य बढेको मंगलबार ६८ कम्पनीको मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।