किनेको औषधि वितरण नगरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

किनेको औषधि वितरण नगरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर


काठमाण्डु – खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मुद्दा दायर गरेको छ ।

स्वास्थ्य चौकीका लागि निःशुल्क वितरण हुने ५७ प्रकारका औषधि खरिद गर्दा भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विनै भुक्तानी दिएको आयोगको ठहर छ ।

गाउँपालिकाले खरिद गरेको औषधि ६ लाख २० हजार बराबरको भएको अख्तियारले जनाएको छ ।