भदौमा नेपाल प्रहरीका एआईजीपीदेखि इन्स्पेक्टरसम्म ८९ जना अनिवार्य अवकाशमा जाँदै

भदौमा नेपाल प्रहरीका एआईजीपीदेखि इन्स्पेक्टरसम्म ८९ जना अनिवार्य अवकाशमा जाँदै

को–को छन् अवकाशमा जान लागेका अधिकृतहरू ?


काठमाण्डु – १६ भदौमा नेपाल प्रहरीका करिब एकस सय अधिकृतहरू ३० वर्षे सेवा अविधि पूरा गरेर घर फर्कदै छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी)ले प्रहरी अतिरिक्तमहानिरीक्षक (एआईजीपी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म ८९ जनाले अवकाश पाउने जानकारी दिएको छ ।

कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार त्यसदिनएक डिआईजीपी, ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), ११ प्रहरी उपरीक्षक (एसपी), ३० प्रहरी नायब उपरीक्षक (डिएसपी), र ३५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिवार्य अवकाशमा जान लागेका हुन् । २० भदौमा एक एआइजीपीले पनि अवकाश पाउँदैछन् । अवकाश पाउन लागेकाहरू धेरैको उमेर ५५ भन्दा कम छ । ३० वर्षे सेवाहदका कारण उनीहरू अनिवार्य अवकाशमा जान लागेका हुन् ।

१९ असारमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) उमेशराज जोशी र २१ असारमा (डिआइजीपी) पोषराज पोखरेल अनिवार्य अवकाशमा गइसकेका छन् । पोखरेल एआईजीपीमा सिफारिस भए पनि बढुवा नभइ अवकाशमा गएका थिए ।

१६ भदौमा डिआइजीपी विष्णुकुमारी केसीले अवकाश पाउँदैछन् । त्यसैदिन एसएसपीहरू दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे,र रवीन्द्र रेग्मीले अवकाश पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

१६ भदौमै एसपीहरू नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधान, कृष्ण प्रसाईँ, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला र अवदेश बिष्ट क्षेत्रीले अवकाश पाउने कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैदिन ठूलो मात्रामा डिएसपी र इन्स्पेक्टरहरूले पनि अवकाश पाउँदैछन् । नारायण बहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोज कुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, भरतकुमार शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, सुजित कुमार ओझा, फणिन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत, अनिल कुमार उप्रेती, शैलेन्द्र कुमार खड्का, उद्धव प्रसाद अधिकारी र रामबहादुर चन्द गरी ३० डिएसपी ३० वर्षे उमेर हदका कारण अवकाशमा जादैछन् ।

३५ प्रहरी निरीक्षकहरू पनि त्यसैदिन अवकाशमा जान लागेका छन् । अवकाशमा जाने निरिक्षकहरूमा खेमराज कडायत, सरोज कुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओम प्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुन प्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरि विष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापतीलगायत ३५ जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसको ४ दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली पनि अवकाशमा जाँदैछन् ।