विवादमा परेपछि रिलायन्स स्पिनिङको आईपीओ निष्कासन स्थगित

विवादमा परेपछि रिलायन्स स्पिनिङको आईपीओ निष्कासन स्थगित


काठमाण्डु – विवादमा परेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर (आईपीओ) निष्कासन स्थगित गरेको छ ।

सार्वजनिक लेखा समितिले हिजो आईपीओबारे प्रश्न गरेर पत्राचार गरेपछि बोर्डले अर्को निर्णय नभएसम्म आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो । कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्ने तयारी गरेको थियो ।