काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुसधबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गरेको हो ।
२८ असारमा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले त्यो प्रतिनिधि सभालाई जानकारी गराइसकेका छन् ।
प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
प्रतिक्रिया