मुकुलको अपिल : रास्वपालाई रवि लामिछानेको क्लबबाट मुक्त गरी पार्टी बनाउन सहयोग गर्नुस्

मुकुलको अपिल : रास्वपालाई रवि लामिछानेको क्लबबाट मुक्त गरी पार्टी बनाउन सहयोग गर्नुस्


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपालाई रवि लामिछानेको क्लबबाट मुक्त गरी पार्टी बनाउन सहयोग गर्न अपिल गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए ।

पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठ्यारो पर्ला भनेर नबोलेको उनले बताए । ‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ । यो कुरा २ हप्ता अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन,’ उनले भने ।