संसदीय छानबिन समितिले थुनामा रहेका सहकारी सञ्चालकसँग सोधपुछ गर्ने

संसदीय छानबिन समितिले थुनामा रहेका सहकारी सञ्चालकसँग सोधपुछ गर्ने


काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले थुनामा रहेका सहकारी सञ्चालकसँग सोधपुछ गर्ने बताएका छन् ।

बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बौल्दै सभापति थापाले कानूनअनुसार थुनामा रहेका सहकारी सञ्चालकहरूसँग सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताए ।

विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने उनले बताए ।

सरकार र संसद्ले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने उनले जानकारी दिए ।

समितिले वास्तविकतामा आधारित भएर काम गर्ने उनले बताए । ‘सरकारको तर्फबाट भएका कमजोरीहरू पनि समितिले खोजिरहेको छ,’ उनले भने ।