उन्मुक्ति पार्टीद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

उन्मुक्ति पार्टीद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ ।

बुधबार संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यसअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ दल नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरिएको थियो । नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको छ ।

केही दिनअघि नाउपा संरक्षक रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुने जानकारी गराइसकेका छन् ।