भोलि राप्रपा संसदीय दलको बैठक बस्ने

भोलि राप्रपा संसदीय दलको बैठक बस्ने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक भोलि बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न भोलि दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।