बागलुङ-बागलुङमा गए राती पहिरोले घर पुरिंदा एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेकी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको वडाअध्यक्ष मेघनाथ गैरेले बताए ।
वडा अध्यक्ष गैरेले घरमा शर्मा एक्लै रहेको बताए ।
बिहीवार बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थलतर्फ जाँदै गरेको वडा अध्यक्ष शर्माको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताए ।
यस्तै बागलुङ नगरपालिका–९ तित्याङमा पहिरोले घर र गोठ पुरिएको छ ।
प्रतिक्रिया