काठमाण्डु- नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । बिहीबार नेपाली कांग्रेस बागमतीका समसदीय दलका नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेका हुन् ।
सकार अल्तमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने लामाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । बागमतिमा नेकपा एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्रीले राजीनामा दिनुका साथै समर्थन पनि फिर्ता लिएको छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै शालिकराम नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर, मुख्यमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । कांग्रेस र एमालेको सांसद संख्या जोड्दा ६४ मत हुन्छ, अर्थात बहुमत पुग्छ ।
प्रतिक्रिया