ह्वात्तै बढ्यो नेप्से परिसूचक, २२ सय विन्दु पार

ह्वात्तै बढ्यो नेप्से परिसूचक, २२ सय विन्दु पार


काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेको छ ।

बिहीबार नेप्से १.३४ प्रतिशतले बढेर २ हजार २०४.६१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार १५४ कम्पनीको शेयर मूल्य बढ्दा ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ ।

सबैभन्दा धेरै जीवन बिमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ । बैंकिङ समूहको समूहगत परिसूचक २.४२ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रो फाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक घटेको छ । बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।

बिहीबार २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । बिहीबारको कारोबार करीब ६ महिनायताकै उच्च हो । यसअघि गत माघ ७ गते ७ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।