काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद् भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जन सहितको टोलीले भवन निर्माणको अवस्था र इन्टेरियर डिजाइनबारे जानकारी गराएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै आन्तरिक प्राविधिक पक्षमा पनि चासो व्यक्त गरेका थिए । संसद्को नयाँ भवन अत्याधुनिक र सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले निर्माणका क्रममा संघीय संसद् सचिवालयसँग आवश्यक समन्वय गर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया