स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गतबर्षको नाफाबाट प्रतिशेयर १७ रूपैयां ५० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । संचालक समितिको कार्तीक २४ मा बसेको  बैठकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संचालक समितिले घोषणा गरेको लाभांश वितरण राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र हुनेछ । यसअघि बैंकले १०० प्रतिशन बोनश शेयर वितरण गरेको थियो 

 

त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । हाल बैंकको शेयर मुल्य ६९० रुपैयां रहेको छ ।