सरकारमा मन्त्री पठाउने विषयमा शेखर पक्षीय नेताहरूको छलफल

सरकारमा मन्त्री पठाउने विषयमा शेखर पक्षीय नेताहरूको छलफल


काठमाण्डु-नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सरकारमा आफनो समूहबाट मन्त्री पठाउने विषयमा छलफल गरेको छ ।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूले छलफल गरेका हुन् ।

कोइराला निवास विशालनगरमा रहेको सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।

बैठकले देशको विकसित पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल गरेको छ ।

कांग्रेस–एमालेको गठबन्धन सरकारमा शेखर पक्षबाट तीन जना मन्त्री बन्ने सम्भावना छ । यो पक्षबाट जीवन परियार, सरिता प्रसाई र तेजुलाल चौधरीको नाम चर्चामा छ ।