काठमाण्डु – प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्।
आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्तगरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका हुन् ।
‘सबैमा सम्मान, सबैलाई धन्यवाद’, ओलीले भनेका छन् । ओलीको शपथग्रहण भने भोलि बिहान ११ बजे हुने भएको छ। ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको हस्ताक्षर बुझाएका ओलीलाई आइतवार साँझ राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिक्रिया