काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ७ सांसदलाई पहिलो पटक मन्त्री बनाएर पठाएको छ । त्यस्तै एमाले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ४ सांसदलाई पहिलो पटक मन्त्री बनाएको छ ।
प्रधानमन्त्री ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । ती मध्य दुई दलका गरी ११ सांसद पहिलो पटक मन्त्री बनेका हुन् । २२ सदस्यीय मन्त्रिपरिषद्मा नयाँ मन्त्री बन्नेको संख्या ठ्याक्कै आधा देखिन्छ ।
नेपाली कांग्रेसबाट पहिलो पटक आरजु राणा देउवा परराष्ट्रमन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकासमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री, बद्री पाण्डे सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अजयकुमार चौरासिया कानुन न्याय तथा संसदीय व्यवस्थामनत्री र ऐनबहादुर शाही (ठकुरी) बन तथा वातावरणमन्त्री बनेका छन् ।
यस्तै एमालेबाट पहिलो पटक देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, मानवीर राई रक्षामन्त्री र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने अवसर पाएका छन् ।
प्रतिक्रिया