यी हुन् अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरेका दुई निर्णय

यी हुन् अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरेका दुई निर्णय


काठमाण्डु – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।

टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए । मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने, संस्थागत अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने ।