पिकनिकका लागि हिँडेकाे ट्राक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ३६ जना घाइते

पिकनिकका लागि हिँडेकाे ट्राक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ३६ जना घाइते


काठमाडाैं– पिकनिक खान गएकाे टाेलीकाे ट्रयाक्टर  उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको अवस्थामा स १ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।  दुर्घटनामा  विनिता चौधरी, २०  इन्द्र चौधरी र दीपिका चौधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।  दुर्घटनामा ३६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका स्थानीय हुन्। घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।