काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । नेपाल सरकारको सचिव सरह सेवा सुविधा हुने स्वकिय सचिवमा ओलीले बज्राचार्यलाई नियुक्त गरेका हुन् ।
बज्राचार्यले लामो समयदेखि ओलीको सचिवालयमा रहेर काम गरिरहेका थिए । अहिलेसम्म कतै विवादमा नआएका बज्राचार्य ओली यसअघि प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएर काम गरेका थिए ।
ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाललाई नियुक्त गर्ने तयारी गरेको निकटस्थ स्रोतले जानकारी दियो ।
प्रतिक्रिया