काठमाण्डु-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।
चुनावी अभियानको क्रममा लस भेगासमा देखिएका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ ।
कोरोना संक्रमण भएपछि उनी अब केहीदिन डेलावेरमा रहेको आफ्नो घरमा आइसोलेसनमा बस्नेछन् ।
प्रतिक्रिया