मौद्रिक नीति भोलि सार्वजनिक हुँदै

मौद्रिक नीति भोलि सार्वजनिक हुँदै


काठमाण्डु-राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलसँगको लामो छलफलपछि गभर्नर महाप्रसाद अधिकारीले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेका हुन् ।

अर्थमन्त्रीसँग गभर्नर अधिकारीको सिंहदरबारमा २ घण्टा लामो छलफल भएको थियो । मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे आज व्यवस्थापन समितिको बैठक बस्दै छ ।

व्यवस्थापन समितिको बैठकमा अहिलेको वर्तमान अवस्था र आगामी मौद्रिक नीतिमा लिने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर अधिकारीले आगामी नीतिका विषयमा बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पनि छलफल गरिसकेका छन् । निजी क्षेत्रबाट मौद्रिक नीति लचिलो बनाउनु पर्ने सुझाव आएको छ ।