काठमाण्डु – नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार तोलामा तीन सय रूपैयाँ घटेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य घटेर प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया