श्रीलङ्काविरुद्ध टी–२० खेल्ने भारतीय टिमको घोषणा

श्रीलङ्काविरुद्ध टी–२० खेल्ने भारतीय टिमको घोषणा


काठमाण्डु-भारतले क्रिकेटको टी–२० र एकदिवसीय क्रिकेट फम्र्याटका लागि कप्तानको घोषणा गरेको छ ।

आगामी जुलाई २७ बाट श्रीलङ्काविरुद्ध हुने टी–२० सिरिजका लागि भारतीय क्रिकेट बोर्डले सूर्यकुमार यादवलाई कप्तानीको जिम्मा दिएको छ भने एकदिवसीय म्याचको कप्तानी रोहित शर्माले गर्नेछन् ।

रोहित यसअघि भारतको तीन वटै फम्र्याटका कप्तान थिए । तर, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि सूर्यकुमारलाई जिम्मा दिइएको हो ।

भारतले २७ जुलाईदेखि श्रीलङ्काविरुद्ध टी–२० सिरीज खेल्ने छ भने २ अगस्टदेखि एकदिवसीय सिरिज खेल्ने छ ।

बोर्डले शुभमन गिललाई टी–२० र एकदिवसीय टीमका लागि उपकप्तान नियुक्त गरेको छ ।

भारतीय टीमका दुई सबैभन्दा सिनियर खेलाडी रोहित शर्मा र विराट कोहलीले श्रीलङ्काविरुद्धको एकदिवसीय खेल खेल्नेछन् ।

योसँगै बोर्डले एकदिवसीय र टी–२० का लागि टीमको पनि घोषणा गरेको छ ।

एक दिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेट कीपर), ऋषभ पन्त (विकेट कीपर) र श्रेयष अय्यर छन् ।

यस्तै, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिङ्गटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खÞलील अहमद र हर्षित राना पनि टिममा परेका छन् ।

यसैगरी टी–२० टीममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जायसवाल, रिंकू सिंह, रियान पराग, ऋषभ पन्त (विकेट कीपर), सञ्जू सैमसन (विकेट कीपर), हार्दिक पाण्ड्या र शिवम दुबे छन् । अक्षर पटेल, वाशिङ्गटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद र मोहम्मद सिराज पनि टिममा छन् ।