कांग्रेसको १५ औं महाधिवेशन समयमा हुनेमा शेखर कोइरालाको शंका

कांग्रेसको १५ औं महाधिवेशन समयमा हुनेमा शेखर कोइरालाको शंका


काठमाण्डु-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग छलफल गरेका छन् ।

भेटघाटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरूले पार्टी भित्र आफूहरूको मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो गरेका थिए ।

भेटघाटमा काठमाडौं महानगरका सभापति निलकाजी शाक्य, ललितपुरका सुवानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी, विराटनगरका दिपक चापागाईं र वीरगन्जका मनिन्द्र नेपाली उपस्थित थिए ।