काठमाण्डु – नेकपा एमालेले भर्खरै प्रधानमन्त्री नियुक्त भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ९९ बुँदे सुझाव बुझाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९९ बुँदे सुझाव बुझाएका हुन् । सुझाव हस्तान्तरण कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुझावका सार प्रस्तुत गरेका थिए ।
सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरे । ओलीले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए ।
एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”
एमालेका २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।
प्रतिक्रिया