मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने कांग्रेस कार्यसम्पादन समितिको निर्णय


काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सम्पर्क कार्यालय ललितपुरमा बसेको बैठकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति थियो ।

बैठकको निर्णयमा लेखिएको छ, ‘बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मिति २०८१ साउन ६ गते बागमती प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेकाले नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरियो । साथै, मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’