नेपाल प्रहरीका ९ जना डीएसपीको काज सरुवा

नेपाल प्रहरीका ९ जना डीएसपीको काज सरुवा


काठमाण्डु-प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षकहरू (डीएसपी)को काज सरुवा गरेको छ ।

काज सरुवा गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ । कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ ।

यस्तै भोजपुरमा कार्यरत सुदिप राज पाठकलाई विशेष ब्युरोमा ल्याइएको छ । बैदाममा कार्यरत राजेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।