दिङ्बोचेमा एक मलेसियालीको मृत्यु

दिङ्बोचेमा एक मलेसियालीको मृत्यु


काठमाडौं-सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४३ वर्षीया वङ वेनडीको मृत्यु भएको हो। आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ।