काठमाण्डु – आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा उक्लिएको छ ।
आइतबार कारोबार रकम भने बिहिबारको तुलनामा केही घटेको छ। बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भयो ।
आइतबार ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भयो । ती मध्य१८१ कम्पनीको सेयर मूल्य बढ्यो भने, ५६ वटाको घट्यो । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो ।
युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने हिमालयन बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९.९८ प्रतिशत बढ्यो ।
सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। आइतबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३८ रूपैयाँमा ३० करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
प्रतिक्रिया