काठमाण्डु – सोमबार सेयर बजार २.१५ अंक बढेर २४८८ अंकमा उक्लिएको छ । कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ ।
आइतबार १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चिएको छ । ११५ कम्पनीको मूल्य बढ्दा १२१ कम्पनीको मूद्यय घटेको छ । ६ कम्पनीको मूल्यस्थिर रह्यो ।
बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।
प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७।९ तथा बलेफी हाइड्रोको ६।८ प्रतिशत बढ्यो ।
हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका छन् ।
प्रतिक्रिया