काठमाण्डु – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८(२) बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्री आचार्यलाई नेपाली कांग्रेस लगायत दलको समर्थन छ ।
प्रतिक्रिया