काठमाण्डु – हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । गत वर्ष मात्र आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार भइरहेको हिमालयनले ८० प्रतिशत सेयर निष्कासन गर्ने भएको हो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको छ ।
कम्पनीले गत वर्ष ४ प्रतिशत बोनस समेत दिएको थियो । चुक्ता पूंजी १० अर्ब ४० करोड भएको हिमालयनले ८ अर्ब ३२ करोड रुपैयांको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
प्रतिक्रिया