भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने


काठमाण्डु – भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको बताएकी हुन् ।

भारतको नियमित बजेट फेब्रुअरीमा आउँने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।