मदन पुरस्कार २०८० : यी हुन् श्रेष्ठ सूचीमा परेका ५ पुस्तक

मदन पुरस्कार २०८० : यी हुन् श्रेष्ठ सूचीमा परेका ५ पुस्तक


काठमाण्डु – मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोटमा परेका श्रेष्ठ ५ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

छनोटमा परेका कृतिमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन–तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) छन् ।

श्रेष्ठ ५ पुस्तकमध्येको एक कृतिले २०८० सालको मदन पुरस्कार पाउनेछ । गुठीले ३०४ वटा कृति प्राप्त भएकोमा ५ कृति छनोट गरेको जनाएको छ । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ ।