रसुवा – अवैध रूपमा लुकाइछिपाई चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित आमाछोदिङमो गाउँपालिका–५ पाजुङ बस्ने २२ वर्षीय नुर्पु तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ पैदल जाँदै गरेका उनलाई १०० दरका २०० थान अमेरिकी डलरसहित पक्राउ गरेको हो ।
डलर सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया