काठमाण्डु-त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमा दुर्घटना भएको छ । जहाजमा १९ जना सवार थिए । दुर्घटनामा जहाजका क्याप्टेन मनिष शाक्यबाहेक जहाजमा सवार सवैको मृत्यु भएको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जहाजमा १९ जना यात्रु रहेको र १८ जनाको शव फेला परेको जानकारी दिए ।
कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको हो ।
जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका सौर्य एयरले जानकारी दिएको छ । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको जहाजका क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया