दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै


काठमाण्डु – मन्त्रिपरिषद् नियमित बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

बैठकबाट केही सचिवहरूको सरुवा तथा केही मुलुकहरूमा राजदूत नियुक्त गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै केही राजदूतहरूलाई बैठकबाट निर्णय गरेर फिर्ता बोलाउने सम्भावना पनि रहेको निकटस्थ स्रोतले जानकारी दियो ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गर्दै नयाँ राजदूत सिफारिस गरेको थियो ।

नयाँ सिफारिस गरिएका राजदूतको संसदीय सुनुवाइ नहुँदै सरकार परिवर्तन भएकाले त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।