पूर्वमन्त्री किरातीद्वारा पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार

पूर्वमन्त्री किरातीद्वारा पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार


काठमाण्डु – पूर्व सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिस्कार गरेका छन् । किराती र समितिका सभापति राजकिशोर यादवबीच भनाभन भएपछि किराती बैठक बहिस्कार गरेर बाहिर निस्किएका हुन् ।

किरातीले विषयवस्तु केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि बैठक बहिस्कार गरेको बताएका छन् ।

किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै गर्दा सभापति यादवले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन आग्रह गरेका थिए ।

यसलगत्तै आक्रोशित भएका किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका हुन् ।