एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम


काठमाण्डु-श्रीलंकामा आयोजित महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किएको हो ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो र तेस्रो खेलमा भने नेपाल जितबिहीन भएको। दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।

एसिया कपमा समूह ‘ए’बाट भारत र पाकिस्तान र समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइल प्रवेश गरेका छन् । नेपालसहित यूएई, थाइल्याण्ड र मलेसिया समूह चरणबाट घर फर्किएका हुन् ।