नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


काठमाण्डु – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।

श्रीलंकामा जारी एसीसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रोपटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि बिहीबार स्वदेश फर्किएको हो ।

यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जीत हासिल गर्न सकेको थिएन ।

यसपटक नेपालले खेलेको ३ खेलमध्ये १ खेलमा जीत र २ खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जीत हो । नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा ९ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार व्यहोरेको थियो ।