सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् ।  सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वा्चित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीले अहिले बेलुकी ४ बजे सपथ लिने कार्यक्रम छ ।

सुवेदी कैलाली ४ (ख) बाट निर्वाचित सांसद हुन ।नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । प्रदेश ३ मा मन्त्री केशव स्थापितलाई हटाइएपछि दोश्रो श्रृंखलाका रुपमा सुदूरपश्चिम प्रदेशमा सोडारीलाई हटाइएपछि प्रदेशको तरल राजनीतिबारे थप चाँसो उत्पन्न भएको छ ।

गत तिहारको समयमा सोडारीको सरकारी गाडीले मोटरसाइकलसँग ठक्कर दिएर भाग्न लागेको बेला स्थानीयले समातेका थिए । यद्यपी राजीनामाका पछाडि यो कारण भने हुन नसक्ने श्रोतले बतायो ।

नेता भीम रावलले आफू निकट सोडारीलाई हटाउन बिभिन्न चरणमा प्रयास गरेपनि माथिको दबाब भन्दै मुख्यमन्त्रीले सोडारीलाई बर्खास्त गर्ने निर्णय गरेको श्रोतले बतायो । तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टी्भित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् ।