धनकुटा-प्रभु बैंक लिमिटेडले धनकुटामा ३ सय १० औँ शाखा स्थापना गरेको छ । धनकुटा नगरपालिका वडा नं. ७ हुलाक टोल चुवाको बोट छेउमा शाखा स्थापना गरेको हो ।
आइतबारदेखि नै शाखा सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ । देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा धनकुटा शाखा सञ्चालन भएको बैंकले जानकारी दिएको छ ।
धनकुटा शाखाको उद्धाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रभु बैंकका प्रदेश कार्यालय प्रमुख बद्रि कटुवालले संयुक्त रुपमा उद्धाटन गरे ।
धनकुटा शाखामा प्रबन्धक विनिता तिवारीसहित ६ जना कर्मचारीहरू रहने छन् । यस्तै, बैंकले आइतबार नै तेह्रथुमको म्याङ्लुङमा पनि शाखा उद्धाटन गरेको बैंकले जनाएको छ । धनकुटा र तेह्रथुम सहित प्रभु बैंकको कोशी प्रदेशमा ३८ वटा शाखा रहेको जनाइएको छ ।
प्रतिक्रिया